अवैध भारु नोटका कारोबारी प्रहरी नियन्त्रणमा

0

भारतीय ५० लाख रुपिया सहित दुई व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

प्रहरीले ४९ लाख ३१ हजार ५ सय अबैध भारु सहित मोरङ कटहरी गाउँपालिका ३ नुलिदेव वैश्य र नुवाकोट शिवपुरी गाउँपालिका ५ का चेतबहादुर नेपालीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

राजधानीको लाजिम्पाट इलाकामा अवैध भारुको कारोबार भएको सूचना प्राप्त भएपछि प्रहरीले विशेष अनुसन्धान गरेको थियो ।

काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले टेकूस्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी बरामद नोटसहित अभियुक्तद्वयलाई सार्वजनिक गरेका हुन् ।