
अभिनेत्री अमायरा दस्तुर भन्छिन् कि ठूलो पर्दामा फरक-फरक पात्रहरू खेल्नु रमाइलो छ। अमायरा दुई आगामी फिल्म ‘मेन्टल है क्या’ र ‘मेड इन इन्डिया’ मा देखिनेछिन्।
आफ्ना आगामी फिल्महरूको बारेमा कुरा गर्दै अमायराले भनिन्, “दुबै फि ल्महरू एकअर्काभन्दा धेरै फरक छन् र दुवै फिल्ममा हाम्रा पात्रहरू पनि फरक छन्। फरक-फरक पात्रहरू खेल्न रमाइलो लाग्छ। ‘मेन्टल है क्या’ एक थ्रिलर फिल्म हो भने ‘मेड इन इन्डिया’ एक कमेडी फिल्म हो। दुवैको कथा फरक छ।”
अमायरा अभिनेता राजकुमार रावसँग ‘मेन्टल है क्या’ र ‘मेड इन इन्डिया’ मा देखिनेछिन्।
‘मेड इन इन्डिया’ ले एक गुजराती व्यापारीको संघर्षको कथालाई हास्यपूर्ण तरिकाले चित्रण गर्नेछ, जसको अनौठो यात्राले उनलाई एक सफल उद्यमी बनाउँछ। यसमा बोमन इरानी पनि मुख्य भूमिकामा छन्।
फिल्म ‘मेन्टल है क्या’ अर्को वर्ष फेब्रुअरी २२ मा रिलिज हुनेछ। यो कनिका ढिल्लनद्वारा पटकथा लेखिएको हो र राष्ट्रिय पुरस्कार विजेता प्रकाश कोवेलामुडीद्वारा निर्देशित हुनेछ।