बलिउड सुपुर स्टार कलाकार अजय देवगनकी श्रीमती अभिनेत्री कालोज ‘हेलिकोप्टर इला’मा देखिने भएकी छन् ।
सन् २०१५ मा आएको फिल्म ‘दिलवाले’मा शाहरुख खानसँग देखिएकी थिइन् । कालोज एकल आमाको भूमिकामा देखिने छिन् । ‘हेलिकोप्टर इला’मा उनका छोराको भूमिकामा भने ऋद्धि सेन देखिँदै छन् ।
मिडियाले उल्लेख गरेअनुसार फिल्ममा अभिताभ बच्चन पनि देखिने छन् भने अभिताभ बच्चन र कालोज १२ वर्षपछि सँगै काम गर्न लागेका हुन् ।
यस अघि अभिताभ र कालोज ‘कभी अलबिदा ना कहेना’ र कभी खुसी कभी गम’मा सँगै देखिएका थिए ।
फिल्म अजय देवगनको होम प्रोडक्सनमा बन्दै छ । फिल्मको निर्देशन प्रदीप सरकारले गर्ने भारतीय मिडियाले जनाएका छन् ।