अफगानिस्तानमा आत्मघाती विस्फोट

0

अफगानिस्तानको राजधानी काबुलमा शिर्ष मौलाबीहरुको एक सभा नजिकै आत्मघाती विस्फोट गराइएको छ ।

उक्त विस्फोटमा १४ जनाको मृत्यु भएको सन्चार माध्यमले जनाएको छ । मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ । उक्त आक्रमण हुनु केही समय अगाडी मात्रै मौलबी, इस्लामिक धर्मगुरुको सभाले आत्मघाती आक्रमणलाई ‘हराम‘ ठहर्याएको थियो । बैठक सकिएपछि सहभागी मौलबी तथा पाहुनाहरु सभाकक्षबाट बाहिर निस्कँदै गर्दा उक्त आत्मघाती हमला भएको काबुल प्रहरीले जानकारी दिए । हमलाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन ।