घरदैलो कार्यक्रममा रहेको समयमा सोमबार बुढानीलकण्ठस्थित चपलीमा भएको बम बिस्फोटमा परि नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौंं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई सामान्य चोट लागेको बताइएको छ ।
घटनामा उम्मेदवार थापासहित ११ जना घाइते भएका छन् चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटो कोलनीमा बम आक्रमण भएको हो । बम आक्रमणमा परी केही कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिइएको छ । थापाको चुनावी प्रचारमा रहेका नौं जना घाइते भएका छन् ।
घाइतेहरूमा थापासहित जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, रविन्द्र कार्र्की काशीलाल श्रेष्ठ, परशुराम थापा र सुमन खड्का घाइते भएका हुन् । त्यसमध्ये जयराज, राजकाजी, रेणु र श्यामलाई बढी चोट लागेको छ ।
थापाको पिठ्युमा सामान्य चोट लागेको छ । घाइते मध्ये ४ जनालाई गम्भीर चोट लागेको छ ।
बुढानीलकण्ठको चपली हाइटनजिकै बस्तीमा सोमबार बिहान भइरहेको घरदैलो कार्यक्रममा विस्फोट भएको प्रहरीले जनाएको छ ।
घरदैलो सकेर चुनावी कोणसभा गर्ने क्रममा माधव कोलनीमा बम बिस्फोट भएको थियो ।
बम बिस्फोट कसले गराएको भन्ने बारे खुल्न सकेको छैन ।