होमल्यान्ड स्पोर्ट्स क्लब नेपालको आयोजनामा काठमाडौं ओपन अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता चैत २९ गतेदेखि हुने भएको छ ।
प्रतियोगितालाई केएनपी जापानले मुख्य प्रायोजन गर्ने बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । सो सम्बन्धी सम्झौता पत्रमा होमल्यान्डका अध्यक्ष प्रकाश अधिकारी र केएनपी जापानका कन्ट्री म्यानेजर मनोजकुमार मिश्रले हस्ताक्षर गरे । सम्झौता अवधि तीन वर्षको रहने र प्रत्येक वर्ष केएनपीले २२ लाख बराबरको प्रायोजन गर्ने छ ।
प्रतियोगितामा १ सय विदेशी तथा ८० नेपाली गरी १ सय ८० खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी १० लाख रुपैयाँ रहेको छ । बुढानीलकण्ठस्थित पार्क भिलेज होटल एन्ड रिसोर्टमा बैशाख ४ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ७८ लाख खर्च हुने जानकारी दिइयो ।