नायिका तथा निर्देशक झरना थापाले निर्देशन गरिएको दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’को मनांगमा छायांकन भइरहेको छ ।
चलचित्र ‘ए मेरो हजुर ३’को अनमोल केसी र निर्देशक झरनाकै छोरी सुहानाको मनांगमा गीतको छायांकन भइरहेको थियो । जुन गीतको छायांकन मनाङस्थित ४ हजार ७५ मिटर उचाइमा रहेको आइस लेकमा गरिएको हो ।
‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानासँगै अर्पण थापा, सलोना बस्नेत, रवीन्द्र झालगायतको अभिनय रहेको छ ।
चलचित्रमा सञ्जय लामाको छायांकन, रोशन श्रेष्ठका द्वन्द्व निर्देशन रहेको छ । यस क्रममा उक्त चलचित्रको तस्वीर सार्वजनिक भएको छ ।
नायक अनमोल केसी र नायिका सुहाना थापा फिचर्ड गीतमा राहुल शाहको कोरियोग्राफर छ भने प्रतिक अधिकारी र आशिष अविरलको संगीत रहेको छ । चलचित्र चैत्र २७ गतेदेखि प्रदर्शनमा आउदैछ ।