अनमोल केसी स्टार चलचित्र ‘क्याप्टेन’ को दुई पोष्टर सार्वजनिक भएको छ । अनमोलको होम प्रोडक्शनमा निर्माण गरिएको फिल्म क्याप्टेनमा उनी फुटबल क्याप्टेनको भूमिका निर्वाह गर्दै छन् ।
फागुन १७ देखि प्रदर्शनमा आउन लागेको चलचित्रमा ‘क्याप्टेन’ मा निर्माता भुवन केसी, निर्देशक दिवाकर भट्टराई रहेका छन् ।
चलचित्रमा प्रशान्त ताम्राकार अनमोलको फुटबल कोचको भूमिकामा देखिने छन् । अनमोल केसीसँगै सुनिल थापा, सरोज खनाल, विल्सन बिक्रम राईको साथमा नायिकाहरु उपासना सिंह ठकुरी, प्रियंका एमभीलगायतको अभिनय रहेको छ ।
चलचित्रको पहिलो गीत बिहीबार सार्वजनिक गरिने निर्माण यूनिटले बताएको छ ।